logo

२०८३ साउन १३ बुधबार

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ असार २०८०
  • 923
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो तीन बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो एक बजे बस्नेगरी स्थगित गरिएको छ ।

    कार्यव्यवस्था परामर्श समितिले बैठक आइतरबार बस्नेगरी स्थगित गर्ने निर्णय गरेको हो । सदन चलाउन सभामाखु देवराज घिमिरेले छलफल गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध कायम गर्ने भएपछि बैठक स्थगित गरिएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिलाई लिएर एमाले र राप्रपाले उनको राजीनामा मागिरहेका छन् । विपक्षीको अवरोधका कारण बुधबारयता संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend