logo

२०८३ साउन १४ बिहिबार

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै, विकासित राजनीतिक घटनाक्रमबारे छलफल हुने

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै, विकासित राजनीतिक घटनाक्रमबारे छलफल हुने


हाम्रो राष्ट्र
  • शनिबार, २३ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज अपरान्ह ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ ।

    मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) का नेता जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend