logo

२०८३ साउन १४ बिहिबार

डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु

डोटीमा घर भत्किँदा एक महिलाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, २३ असार २०८०
  • 1.3K
    SHARES

    डोटी । डोटीमा गएराति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गएराति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो । प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend