काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मोर्चाको बैठक बसिरहेको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविकाका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव तथा नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, राजेन्द्र पाण्डे, घनश्याम भुसाल, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, राजेन्द्र श्रेष्ठ लगायतकासहभागी छन् । असार ४ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend