logo

२०८३ साउन १३ बुधबार

राजनीतिक अस्थिरता चाहनेले प्रधानमन्त्रीको राजीनामा मागेः महासचिव भुसाल

राजनीतिक अस्थिरता चाहनेले प्रधानमन्त्रीको राजीनामा मागेः महासचिव भुसाल


हाम्रो राष्ट्र
  • शनिबार, २३ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले देशमा राजनीतिक अस्थिरता निम्त्याउन चाहने दलहरुले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् ।

    समाजवादी पेशागत कानुन व्यवसायी सङ्गठनले शनिबार आयोजना गरेको बागमती प्रदेश भेलामा महासचिव भुसालले विगतमा प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्नु गैरसंसदीय भएको भन्दै त्यो माग मृगतृष्णा जस्तै भएको बताए ।

    कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा निर्माण गरिएको भन्दै उनले मुलुकमा समाजवादी अर्थ व्यवस्थाका माध्यमबाट विकास र जनताको समृद्धिका लागि वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताए ।

    महासचिव भुसालले पार्टीको सङ्गठन सुदृढीकरण विशेष अभियान देशभर सञ्चालन भइरहेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गरेको भूमिकाका कारण सङ्गठनलाई थप सशक्त र गतिशील बनाउनुपर्नेमा जोड दिए । मुलुकको विकास र आर्थिक समृद्धिका लागि उत्पादनमा जोड दिँदै  उनले सबै वर्गको अधिकार तथा हितको सम्वर्द्धन गर्नुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend