logo

२०८३ साउन १४ बिहिबार

न्यायाधीश नियुक्त छिट्टैः प्रधानन्यायाधीश कार्की

न्यायाधीश नियुक्त छिट्टैः प्रधानन्यायाधीश कार्की


हाम्रो राष्ट्र
  • आइतबार, २४ असार २०८०
  • 1K
    SHARES

    विराटनगर । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषदको बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्याउने बताए ।

    उनले न्यायपरिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन जरुरी रहेको बताए ।

    उनले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएपछि सहज भएको बताए । “जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन् । आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार छ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ”, उनले भने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend