logo

२०८३ साउन १४ बिहिबार

चोरीको आरोपमा वडाअध्यक्ष विष्ट पक्राउ

चोरीको आरोपमा वडाअध्यक्ष विष्ट पक्राउ


हाम्रो राष्ट्र
  • आइतबार, २४ असार २०८०
  • 1K
    SHARES

    सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–३ का वडाअध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले चोरी डाँकाको आरोपमा वडाध्यक्षलाई आइतबार पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतले वडाध्यक्ष विष्टलाई पैसा चोरी गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले आइतबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाबाट उनलाई पक्राउ गरेको जानकारी दिए । यस्तै, वडाध्यक्ष विष्ट र अन्य दुई जनालाई पैसा चोरेको आरोप लागेको थियो ।

    उनीसहित अन्य दुई जनालाई खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार लुटेको आरोप लागेको छ । यस्तै, उपभोक्ता समितिले पैसा चोरीको उजुरी प्रहरीमा दिएपछि शुक्रबार सुशील गुरुङ र बलिराज शाहीलाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend