logo

२०८३ साउन १४ बिहिबार

सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन, त्यस्तो अपेक्षा नगरौंः गृहमन्त्री श्रेष्ठ

सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन, त्यस्तो अपेक्षा नगरौंः गृहमन्त्री श्रेष्ठ


हाम्रो राष्ट्र
  • सोमबार, २५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार नियन्त्रण अभियानबाट कसैले तर्सिनु नपर्ने बताएका छन् । सामाजिक संजालमार्फत गृहमन्त्री श्रेष्ठले कानुन मिच्दै देश र जनताको हितविरुद्ध गर्ने बाहेक अरु तर्सिनु नपर्ने बताएका हुन् ।

    उनले धनी र गरिवलाई छुट्टाछुट्टै कानुन नहुने पनि बताएका छन् । उनले भनेका छन्, ‘कानुन मिच्दै देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन । दोषी र अपराधीलाई भने छुट हुनेछैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौं ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend