logo

२०८३ साउन १३ बुधबार

तीन दलको छलफलपछि ओलीले भने- ‘पार्लियामेन्ट’मा थाहा हुन्छ

तीन दलको छलफलपछि ओलीले भने- ‘पार्लियामेन्ट’मा थाहा हुन्छ


हाम्रो राष्ट्र
  • सोमबार, २५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौँ । संसदको गतिरोध हटाउनेबारे आजपनि प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

    छलफलबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले सदन चल्ने नचल्ने कुरा ससद भवनमै थाहा हुने बताए । उनले भने, ‘पार्लियामेन्टमा थाहा हुन्छ ।’ यसअघि आइतबार पनि गतिरोध खुलाउनेबारेमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भए पनि अन्तिममा भाँडिएको थियो । प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ

     

    आइतबारको छलफलमा उनीहरुबीच प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते एक कार्यक्रममा दिएको अभिव्यक्तिबारे आत्माआलोचना गर्ने र अगाडि बढ्ने तीन शीर्ष नेताको समझदारी भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend