काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार नापीका दुई जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा योगराज पौडेल र नारायणदत्त मिश्र छन् । यस प्रकरणमा अहिलेसम्म १४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend