logo

२०८३ साउन १३ बुधबार

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, २६ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जनाकै मृत्यु भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका– ५, भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटना भएको हो।

    दुर्घटनामा परी पाइलट चेतबहादुर गुरुङसहित ६ जनाकै मृत्यु भएको सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् । दुर्घटनामा पाइलट गुरुङसहित मेक्सिकन नागरिकहरू एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेसको पनि मृत्यु भएको छ ।

    प्रहरीका अनुसार ६ जनाकै शव संकलन भइसकेको छ । मेक्सिकन नागरिकहरू माउन्टेन फ्लाइट गरेर काठमाडौं फर्किंदै थिए । उनीहरुको शव काठमाडौं ल्याइँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend