logo

२०८३ साउन १३ बुधबार

एमालेलाई कमजोर पार्छु भन्यो भने त्यो असफल हुन्छः अध्यक्ष ओली

एमालेलाई कमजोर पार्छु भन्यो भने त्यो असफल हुन्छः अध्यक्ष ओली


हाम्रो राष्ट्र
  • मंगलबार, २६ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले कमजोर बनाउन नसक्ने बताएका छन् । मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कसैले कमजोर बनाउन नसक्ने बताएका हुन् ।

    उनले एमालेलाई कसैले सिध्याउने कुरा त परैजावस् कमजोर बनाउन पनि नसक्ने बताए । उनले भने, ‘हामीलाई सिध्याउनका लागि बनाइएको चक्रव्यूह तोडेर मुलुकको लोकप्रिय पार्टी बनेका छौं । कसैले सिध्याउने कुरा छाडिदिउँ कमजोर पार्छु भन्यो भने पनि त्यो असफल हुन्छ ।’

    उनले एमालेको चुनावी नतिजा बिग्रनुमा मा गठबन्धनको भन्दा पनि आन्तरिक प्रभाव बढी परेको बताए । उनले पार्टीमा ७० वर्षे उमेरहद राख्नु अवैज्ञानिक र अराजनीतिक कुरा रहेको भन्दै त्यसलाई हटाउनुपर्ने बताए ।

    उनले भने, ‘८० वर्ष पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई होइन, कांग्रेसका सभापति शेरबहादुर देउवालाई होइन, मभन्दा एक वर्ष जेठो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि होइन, एउटा केपी ओलीलाई ताकेको हो । त्यस्तो कुरा गर्नेहरूलाई कहिलेकाहिँ म्याराथनका लागि निम्तो दिऊँ कि जस्तो लाग्छ।’

    एमाले युवाहरूको मात्रै नभइ बालबालिका देखि ज्येष्ठ नागरिक सबैको आशिर्वाद र साथ सहयोग रहेको पार्टी भएको बताए ।
    अध्क्ष ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताए । उनले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend