काठमाडौं । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह एसियन एथलेटिक्स एशोसिएसनको परिषद सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।
थाइल्याण्डमा भएको २५ औं अधिवेशनमा सदस्यतर्फ सबैभन्दा बढी मत ल्याएर शाह निर्वाचित भएका हुन् । ८ जना काउन्सिल मेम्बरका लागि भएको निर्वाचनमा १५ जना उम्मेदवार रहेकोमा शाहले १४ जनालाई पछि पारेका हुन् । पहिलो नम्बरमा मत पाएका शाहले ४५ मध्ये ३४ मत प्राप्त गरे ।
युएई, हङकङ, फिलिपिन्स, लेबनन, भियतनाम लगायत देशका उम्मेदवार शाहभन्दा पछि परेका छन् । एसियाली एथलेटिक्सको परिषदमा निर्वाचित हुनु खुसीको कुरा रहेको बताउँदै शाहले नेपाली एथलेटिक्सलाई नयाँ उचाईमा पुर्याउन यसबाट मद्दत मिल्ने बताए ।
नेपाली कांग्रेसका नेता शाह जाजरकोट प्रदेश ख बाट प्रत्यक्ष निर्वाचित कर्णाली प्रदेशसभा सदस्य समेत हुन् ।


© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend