logo

२०८३ साउन १३ बुधबार

ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छः अध्यक्ष नेपाल

ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छः अध्यक्ष नेपाल


हाम्रो राष्ट्र
  • मंगलबार, २६ असार २०८०
  • 1K
    SHARES

    पाल्पा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितता गर्ने छानबिन गरिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए ।

    ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने भन्दै उनले आफूलगायत पूर्वप्रधानमन्त्री धेरैको नाम जोडिएकाले सत्यतथ्य छानबिन गरी बाहिर ल्याउनुपर्ने बताए ।

    आफू प्रधानमन्त्री हुँदा सरकारी तथा अन्य जग्गा कानुनसम्मत् छुट्टाएर अगाडि बढाउनु भन्ने निर्णय भएको उनको भनाइ थियो । सरकारी जग्गा हिनामिना प्रकरणमा जसले कसुर गरेको छ, उसले दण्ड पाउनुपर्ने उनको भनाइ छ ।

    भ्रष्टाचारमा जोडिएका दोषी कोही पनि उम्कनु नहुने भन्दै उनले जग्गा अनियमितता र भ्रष्टाचारका विषयमा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान सरकार पाँच वर्षसम्म बलियो भएर अघि बढ्ने समेत दाबी गरे । अध्यक्ष नेपालले वर्तमान सरकारलाई टिकाइराख्नका लागि गठबन्धन दलभित्र छलफल चलिरहेको समेत बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend