logo

२०८३ साउन १४ बिहिबार

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैनः मन्त्री लिम्बू

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैनः मन्त्री लिम्बू


हाम्रो राष्ट्र
  • मंगलबार, २६ असार २०८०
  • 884
    SHARES

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् ।
    शरदचन्द्र शाह मेमोरियल फाउण्डेनको आयोजनामा लेखक नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको मंगलबार विमोचन गर्दै उनले सरकार र निजी क्षेत्र नमिलीकन नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताए ।

    “निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको छ, सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ”, मन्त्री लिम्बूले भने ।

    उनले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताए । इमान्दार प्रयासका साथ आफू नेपालको खेल क्षेत्रको विकासमा लागेको उनको भनाइ थियो ।

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सरकारले खेलकुद क्षेत्रमा कम लगानी गरेको भन्दै अहिलेको लगानीले खेलकुद क्षेत्रको विकास हुन नसक्ने बताए ।

    उनले साउथ एशियन खेल नेपालले सुरुवात गरेको स्मरण गर्दै नेपालको खेल क्षेत्रको विकासमा शरदचन्द्र शाहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । वरिष्ठ पत्रकार एवं समालोचक पी खरेलले पुस्तकले नेपालको खेलकुद क्षेत्रको इतिहासलाई उजागर गर्न खोजेको बताए ।

    पुस्तकका लेखक अर्यालले राणाकालदेखि पञ्चायतकालसम्मको खेलकुदलाई पुस्तकमार्फत समेटिएको उल्लेख गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend