काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्
अध्यक्ष ओलीले ट्वीट गर्दै दाहालको निधनको खबरले आफू अत्यन्तै दुःखी भएको बताएका हुन् । उनले दिवङ्गत
दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाललगायत शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पताल उपचारका क्रममा आज विहान ८ः३३ बजे दाहालको निधन भएको थियो । दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend