logo

२०८३ साउन १४ बिहिबार

ललिता निवास प्रकरणमा थप एकजना पक्राउ

ललिता निवास प्रकरणमा थप एकजना पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, २७ असार २०८०
  • 1.2K
    SHARES

    काठमडौं । ललिता निवासको जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् ।

    प्रहरीले मंगलबार तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको थियो । योसँगै ललितानिवास प्रकरणमा सीआईबीको टोलीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ ।

    यस प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङलगायत पक्राउ परेका छन् । पक्राउ परेकाहरूलाई सीआईबीले किर्ते मुद्दा र संगठित अपराध कसुरमा अनुसन्धान गर्ने जनाएको छ । प्रहरीले ललिता निवास प्रकरणमा ४ सय ६ जनाविरुद्ध पक्राउ गर्न अनुमति लिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend