logo

२०८३ साउन १३ बुधबार

भिटोर रोक बार्सिलोनामा अनुबन्ध

भिटोर रोक बार्सिलोनामा अनुबन्ध


हाम्रो राष्ट्र
  • बिहिबार, २८ असार २०८०
  • 1K
    SHARES

    ब्राजिलियन फरवार्ड भिटोर रोक बार्सिलोनामा अनुबन्ध भएका छन् । बार्सिलोनाले स्पेनिस क्लबले एथलेटिको पारानेन्सबाट रोकलाई अनुबन्ध गरेको हो । १८ वर्षीय रोकले बार्सिलोनासँग ७ वर्षको सम्झौता गरेका छन् । बार्सिलोनामा आवद्ध हुँदा आफू निकै खुसी भएको उनले बताएका छन् ।

    उनले भनेका छन्, ’बार्सिलोनामा आवद्ध हुँदा निकै खुसी छु । मेरो सपना पूरा भएको छ ।’ बार्सिलोना र रोकबीचको सम्झौता भने सन् २०२४ बाट सुरु हुनेछ । बार्सिलोनाले रोकलाई भित्र्याउन ३० मिलियन युरो खर्चिएको छ ।

    एथलेटिको पारानेन्सका लागि रोकले ६६ खेलमा २२ गोल गरेका छन् । रोकले गत मार्चमा ब्राजिलको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend