काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका संचार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
बिहीबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतका तर्फबाट उषा कार्कीले दायर गरेको निवेदनमा यस्तो आदेश गरेको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘म्याद सूचना पाएको मितिले बाटाका म्याद बाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु।’ ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सचिव राउतलाई असार २४ गते पक्राउ गरेको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend