logo

२०८३ साउन १३ बुधबार

मैत्रीपूर्ण फुटबलमा हारबाट जोगियो नेपाल

मैत्रीपूर्ण फुटबलमा हारबाट जोगियो नेपाल


हाम्रो राष्ट्र
  • बिहिबार, २८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलमा नेपाल र घरेलु टोली बङ्लादेशले बराबरी खेलेका छन् । बिहीबार साँझ ढाकाको मोहम्मद मुस्तफा कमल रङ्गशालामा भएको खेलमा नेपाल र बङ्गलादेशले १–१ गोलको बराबरी खेलेका हुन् । बङ्गलादेशकी सबिना खातुनले खेलको ६५ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएको थिइन् ।

    तर नेपालकी सावित्रा भण्डारीले थपिएको ४ मिनेटको इन्ज्युरी समयमा गोल गर्दै टोलीलाई बराबरीको अवस्थामा ल्याइन् । गतवर्ष भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनशिपको फाइनलपछि नेपाल र बङ्लादेशले दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न लागेका हुन् ।

    पहिलो पटक साफ च्याम्पियनशिपको उपाधि जित्दा बङ्लादेशले नेपाललाई ३–१ गोलले हराएको थियो । नेपालले अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि जित्न सकेको छैन । नेपाल र बङ्लादेशबीच दोस्रो मैत्रीपूर्ण फुटबल  आइतबार हुनेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend