logo

२०८३ साउन १३ बुधबार

भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज गन्तब्यमा नपुगी काठमाडौं फर्काइयो

भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज गन्तब्यमा नपुगी काठमाडौं फर्काइयो


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज गन्तब्यमा नपुगी काठमाडौं फर्काइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार दिउँसो १ बजेर ५३ मा उडेको जहाज बीच बाटोबाटै फर्काइएको हो ।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले विमान १५ मिनेटमै काठमाडौं फर्काइएको र सुरिक्षत अवतरण गरेको जानकारी दिएका छन् । उनले जहाज १५ माइल उडेपछि ’इन्डिकेसन’ मा समस्या देखिएपछि फर्काइएको बताए । फर्काइएको विमानका यात्रुहरुलाई अर्को विमानमार्फत भद्रपुरतर्फ लगिएको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend