logo

२०८३ साउन १३ बुधबार

एसीसी इमर्जिङ क्रिकेटमा नेपाल पाकिस्तान ए सँग पराजित

एसीसी इमर्जिङ क्रिकेटमा नेपाल पाकिस्तान ए सँग पराजित


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसीसी इमर्जिङ एक दिवसीय क्रिकेटमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । श्रीलंकामा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित गरेको हो ।

    नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान एले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । पाकिस्तानका मोहम्मद तयब ताहिरले ५१ रनको अर्धशतकीय पारि खे ल्दा ओमिर विन युसुफले ३६ रन बनाएका थिए ।

    यसैगरी कमरान गुलामले ३१ रन जोड्दा सयम अयुबले २४ रन जोडे । नेपालका ललित नारायण राजवंशीले सर्वाधिक ३ विकेट लिँदा पवन शर्राफले २ तथा कुशल मल्लले १ विकेट हात पारे ।

    टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो । नेपालका लागि अलराउण्डर सोमपाल कामीले करियरकै उत्कृष्ट ब्याटिङ गरेपछि पाकिस्तानलाई मध्यम लक्ष्य दिएको हो ।

    कुनै समय नेपाललाई एक सय रन पुर्याउन पनि गाह्रो रहेको अवस्थानमा नेपालको पारी सोमपालले सम्हालेका हुन् । नेपालले १० ओभरका ३९ रनमा ६ विकेट गुमाएको थियो । नेपालका लागि सर्वाधिक रन सोमपालले बनाएका हुन् ।

    उनले १०१ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै ७५ रन बनाएका हुन् । त्यस्तै प्रतिश जिसीले २६ रन, अर्जुन साउद र कुशल मल्लले समान १७ रनको योगदान गरे । त्यस्तै गुल्शल झा १३ रन तथा आशिफ शेख १२ रनमा पविलियन फर्किए । नेपालका अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

    कुशल भुर्तेल र पवन सर्राफले समान एक रन, कप्तान रोहित पौडेलले चार रनको योगदान गर्दा ललित नारायण राजवंशी एक रनमा अविजित रहे । पाकिस्तानका लागि शान्हावाज दहानी एक्लैले पाँच तथा मोहम्मद वसिमले चार र मेहरान मुम्ताजले एक विकेट लिए । बिहीबारदेखि सुरु भएको एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेट आगामी जुलाई २३ सम्म हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend