काठमाडौं । काठमाडौको भीमसेनगोलास्थित मोडर्न कन्या मल्टिपल कलेजको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१० औं जन्मजयन्ती समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा रचनाका प्रधानसम्पादक रोचक घिमिरे , इतिहासविद तथा अन्वेषक प्रा दिनेशराज पन्त, नेपाल मुक्तक प्रतिष्ठनका अध्यक्ष तथा मुक्तककार रामकाजी कोने, दायित्व वाङ्गमय प्रतिस्ठानका अध्यक्ष रामप्रसाद पन्त ,अनेसासकी केन्द्रीय सदस्य साहित्यकार सरिता अर्याल, दाहाल बन्धु प्रतिष्ठानका महासचिव तथा लेखक डिल्ली दाहाल, नियात्रा कार जया छाङछा राई ,साहित्यकार कलाधर काफ्ले ,सस्कृतिविद शर्मिला कोइराला लगायत विभिन्न महानुभावहरुले भानुको योगदान माथि प्रकाश पारेका थिए ।
कविहरु अन्जु श्रेष्ठ , सुवास पाण्डे , रिदि आचार्य, अश्लेसा दर्नाल, गङ्गा केसी , भावना दाहाल, शर्मिला कार्की ,रेनुका कडेल, प्रा माधव घिमिरे , प्रा मुकुन्दराज दाहाल, प्रा डा नन्दिश अधिकारीले कविता वाचन गरेका थिए ।
समाजसेवी तथा बैकर्स हरिकृष्ण दाहाल , समाजसेवी मोहन घिमिरे, समाजसेवी केशव दाहाल, समाजसेवी दामोदर घिमिरे, साहित्यकार केशवराज पन्त , समाजसेवी सुनिता केसी, प्रा अञ्जु कार्की , साहित्यकार उपेन्द्र काफ्ले, वरिष्ठ पत्रकार नारायण न्योपाने, समाजसेवी श्यामबहादुर कार्कीलगायत विभिन्न महानुभवहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व साहित्यकार डा रामप्रसाद दाहालले गरेका थिए भने स्वागत मन्तव्य साहित्यकार सविन पोख्रेल र उद्घोषण साहित्यकार कृष्ण अधिकारीले गरेका थिए । कविहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend