logo

२०८३ साउन १३ बुधबार

अमेरिकी सहायक विदेशमन्त्री लु र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

अमेरिकी सहायक विदेशमन्त्री लु र कांग्रेस सभापति देउवाबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ असार २०८०
  • 949
    SHARES

    काठमाडौं । शुक्रबार बिहान काठमाडौं आएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विदेशमन्त्री लुले सभापति देउवासँग शुक्रबार दिउँसो भेटवार्ता गरेका हुन् ।

    भेटमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । भेटपछि देउवाले ट्वीट गर्दै भनेका छन्,‘नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो। शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र मन्त्री लुको अटल सहयोगका लागि कृतज्ञ छु ।’ लू दक्षिण एसिया भ्रमणाका क्रममा आजै नेपाल आइपुगेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend