logo

२०८३ साउन १३ बुधबार

ओलीसँग अमेरिकी सहायक विदेशमन्त्री लुले गरे भेट

ओलीसँग अमेरिकी सहायक विदेशमन्त्री लुले गरे भेट


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । शुक्रबार एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् ।

    साथै उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा वरिष्ठ अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार विभाग प्रमुख राजन भट्टराईले जानकारी दिएका छन् । शुक्रबार बिहान काठमाडौंका आएका लूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रपति एनपी साउदसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend