logo

२०८३ साउन १३ बुधबार

सीता दाहाललाई अमेरिकी सहायक विदेशमन्त्रीले दिए श्रद्धाञ्जली

सीता दाहाललाई अमेरिकी सहायक विदेशमन्त्रीले दिए श्रद्धाञ्जली


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । पत्नी शोकमा रहेका प्रधानमन्त्रीलाई भेट्न लु यसअघि तय भएको कार्यक्रमअनुसार बालुवाटार पुगेका हुन् ।

    बालुवाटारमा उनले दिवंगत सीता दाहाललाई श्रद्धाञ्जली दिनुका साथै प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गरेका थिए। अमेरिकी सहायक विदेशमन्त्री लु एमसीसी कार्यान्वयनबारे अवस्था बुझ्न नेपाल आएका हुन् ।

    शुक्रबार बिहान काठमाडौं आइपुगेका उनले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरेका थिए । उनी आजै स्वदेश फर्किने बताइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend