logo

२०८३ असोज ७ बुधबार

एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने

एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । कतारको दोहामा हुने २५ औँ एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी हुने भएका छन् । यही असार ३१ देखि साउन ६ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल छन् भने महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का रहेका छन् । प्रशिक्षकमा मोहनदास बासुकला रहने छन् । अम्पायरमा तेजेन्द्रसिंह महरा र नरेश रावल रहेका छन् । नेपाली टोली भोलि कतार प्रस्थान गर्दैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend