logo

२०८३ साउन १४ बिहिबार

आत्महत्या दुरुत्साहन आरोपमा मनमोहनका प्रशासन अधिकृतसहित चार जना पक्राउ

आत्महत्या दुरुत्साहन आरोपमा मनमोहनका प्रशासन अधिकृतसहित चार जना पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, २९ असार २०८०
  • 1.2K
    SHARES

     

    काठमाडौं । त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।

    मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेका हुन् । पोखरेल फेला परेसँगै प्रहरीले अस्पतालका प्रशासन प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मृतकले लेखेको सुसाइड नोटका आधारमा अस्पतालका प्रशासन प्रमुखसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिए  ।

    पक्राउ पर्नेमा प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इन्चार्ज जुना स्थापित, फार्मेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त रहेका छन् । परिवारले आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता रिजालले बताए । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend