logo

२०८३ साउन १४ बिहिबार

पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न एमालेको सचिवालय बैठक बस्दै

पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न एमालेको सचिवालय बैठक बस्दै


हाम्रो राष्ट्र
  • शनिबार, ३० असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज दिउँसो एक बजेलागि बैठक बोलाइएको हो ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमकाअनुसार बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।

    यसअघि पार्टीको गतिविधि र सचिवालय बैठकको तयारीबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पार्टीका उपाध्यक्षहरुसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend