logo

२०८३ साउन १४ बिहिबार

संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास जारी छः महामन्त्री थापा

संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास जारी छः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • शनिबार, ३० असार २०८०
  • 1K
    SHARES

    विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको नेता परिवर्तनको पक्षमा रहेको बताएका छन् । शनिबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले सांसदको आवश्यक संख्या पुगेको दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका हुन् ।

    उनले पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास रहेको बताए । उनले भने,’संसदीय दलको नेताका लागि म आफैं भिडेको हो । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु ।’

    उनले नेतृत्व मागेर नभइ खोसेर लिनुपर्ने बताए । महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा शेरबहादुर देउवाले संख्या पुर्याएर नेता बनेको भन्दै यो सुविधा अहिले पनि रहेको बताए । उनले साउन २ गतेबाट सुरु हुने कार्यसमितिको बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend