logo

२०८३ साउन १३ बुधबार

असंवैधानिक ढंगले कोशी सरकार गठन गरिएको भन्दै भंग गरी नयाँ सरकार गठन प्रक्रिया थाल्न एमालेको माग

असंवैधानिक ढंगले कोशी सरकार गठन गरिएको भन्दै भंग गरी नयाँ सरकार गठन प्रक्रिया थाल्न एमालेको माग


हाम्रो राष्ट्र
  • शनिबार, ३० असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार भंग गरी नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले ६ बुँदे प्रस्ताव पारित गर्दै कोशी सरकार असंवैधानिक रहेको भन्दै सो सरकार भंग गरी नयाँ सरकार गठनको प्रक्रिया थाल्न माग गरेको हो ।

    बैठकले वर्तमान सत्ता गठबन्धनले संवैधानिक संस्थामा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने तथा लोकतन्त्रको जरो खल्बल्याउने कार्य गरिरहेको भन्दै आपत्ति प्रकट गरेको छ ।

    त्यस्तै बैठकले मिटरब्याजसम्बन्धी विधेयक सत्ता गठबन्धनभित्रको विवादले अगाडि नबढाइए पनि एमालेमाथि दोष थोपारिएको भन्दै सत्ता गठबन्धनप्रति भत्र्सना गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend