logo

२०८३ साउन १३ बुधबार

टिपटप हेल्प नेपाललाई भलिबलको उपाधि

टिपटप हेल्प नेपाललाई भलिबलको उपाधि


हाम्रो राष्ट्र
  • शनिबार, ३० असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो । पहिलो सेट हेल्प नेपालले जितेकोमा दोस्रो सेट भने फराकिलो अन्तरले गुमायो ।

    तर तेस्रो सेट जित्दै हेल्प नेपाल च्याम्पियन बन्यो । हेल्प नेपालको जितमा पाकिस्तानी खेलाडी माजहर अली नायक बने । यस्तै, महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् ।

    लिग चरणमा पुलिसले सबै खेल जितेर फाइनल पुगेको थियो । पुरुषतर्फको उपाधि विजेता हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस क्लबले ६ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन् । पुरुषतर्फको उपविजेता पुलिस क्लब र महिलातर्फको उपविजेता एपीएफले समान ३÷३ लाख रुपैयाँका दरले पुरस्कार पाए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend