logo

२०८३ साउन १३ बुधबार

समाजवादी मोर्चा ७७ वटै जिल्लामा विस्तार गरिने

समाजवादी मोर्चा ७७ वटै जिल्लामा विस्तार गरिने


हाम्रो राष्ट्र
  • आइतबार, ३१ असार २०८०
  • 962
    SHARES

     

    काठमाडौं । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो ।

    त्यसैगरी मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना बनाएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

    उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच/पाँच जनासम्म र प्रदेशमा तीन/तीन तथा जिल्लामा दुई /दुई जना चारवटै पार्टीबाट समेटिनेगरी मोर्चा बनाइनेछ ।

    यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताए । उनले भने, “मोर्चाको नेतृत्व चार/चार महिनामा परिवर्तन हुनेछ, साउन १२ गतेदेखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्नेछौँ ।” हालै गठन भएको सो मोर्चाको नेतृत्व हाल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend