logo

२०८३ साउन १३ बुधबार

भलिबलका राष्ट्रिय कप्तान थापा बर्खास्त

भलिबलका राष्ट्रिय कप्तान थापा बर्खास्त


हाम्रो राष्ट्र
  • आइतबार, ३१ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भलिबल नेपाली राष्ट्रिय टिमका कप्तान हरिहजुर थापा बर्खास्त भएका छन् । नेपाल भलिबल संघले उनलाई बर्खास्त गरेको हो । शनिबार सम्पन्न सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगको खेलमा क्रममा उनको भूमिका सन्तोषजनक नभएको भन्दै संघले उनलाई कप्तानबाट बर्खास्त गरेको हो ।

    उनी आर्मी क्लबका खेलाडी पनि हुन् । आर्मी र गण्डकीबीचको खेलमा सोमबार विवादसमेत भएको थियो । आर्मीका खेलाडीले दर्शकमाथि हातपात गरेका थिए । दर्शकमाथि भएको कुटपिट घटनाको छानबिन गर्न गठित समितिको सिफारिसमा थापालाई कप्तानबाट हटाइएको संघले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend