logo

२०८३ साउन १३ बुधबार

हामी अब सहकारी पीडितले न्याय पाएको समाचार सुन्न चाहन्छौंः महामन्त्री थापा

हामी अब सहकारी पीडितले न्याय पाएको समाचार सुन्न चाहन्छौंः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • आइतबार, ३१ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी पीडितहरूको रकम यथाशिघ्र फिर्ता गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले पीडितहरूको रोकिएको रकम फिर्ता गर्न सरकार जिम्मेवार हुनुपर्ने बताएका हुन् ।

    उनले सहकारी सुधारका गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको र सोही प्रतिवदेनअनुसार आजैबाट पीडितहरूलाई रकम फिर्ता हुनुपर्ने बताए ।

    उनले भने,’सरकारले सहकारी सुधारका लागि वैशाख २६ गते अध्ययन कार्यदल गठन गरेको थियो। यो अध्ययन कार्यदलले २७ बुँदामा प्रतिवेदन बुझाइसकेको छ। यो प्रतिवेदनमा धेरै कुरा समेटिएका छन् । बचतकर्ता जसको रकम रोकिएको छ। फिर्ता गराउनका लागि आजैबाट प्रारम्भ गरियोस्। हामी अब सहकारी पीडितको समाचार होइन,न्याय पाएको समाचार सुन्न चाहन्छौं।’

    महामन्त्री थापाले सहकारी पीडितको आवाज राज्यले सुन्नैपर्ने बताए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend