logo

२०८३ साउन १४ बिहिबार

एमाले नेता विजय यादव पक्राउ

एमाले नेता विजय यादव पक्राउ


हाम्रो राष्ट्र
  • सोमबार, १ साउन २०८०
  • 1.4K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजय यादव पक्राउ परेका छन् । यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।

    माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि एमाले नेता यादवमाथि मुद्दा दर्ता भएको थियो । रुपन्देहीका प्रहरी प्रवक्ता एवं डीएसपी श्यामू अर्यालका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो ।

    २०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend