logo

२०८३ साउन १५ शुक्रबार

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • सोमबार, १ साउन २०८०
  • 897
    SHARES

     

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ ।

    थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा उहाँहरुबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    उनीहरुबीचको द्विपक्षीय वार्ता उपलब्धिमूलक भएको बताइएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली समकक्षीसँग फलदायी वार्ता भएको उल्लेख गर्नुभएको छ ।

    भेटवार्तापछि विदेशमन्त्री जयशङ्करले नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend