logo

२०८३ साउन १४ बिहिबार

मैतीदेवीबाट पशुपतिनाथसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको धार्मिक पदयात्रा

मैतीदेवीबाट पशुपतिनाथसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको धार्मिक पदयात्रा


हाम्रो राष्ट्र
  • सोमबार, १ साउन २०८०
  • 1K
    SHARES

     

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । वैदिक धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले राप्रपाले  धार्मिक पदयात्रा गरेको हो ।

    मैतीदेवी मन्दिरमा भेला भई विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिएको छ । पदयात्रामा राप्रपाका नेता, धार्मिक क्षेत्रका अगुवा, सामाजिक जीवनका विशिष्ट व्यक्ति, समान विचार भएका व्यक्ति, समूह, संस्थालगायतको सहभागिता थियो ।

    ‘शिव सृष्टि र शून्यका प्रतीक हुन्’ भन्ने मान्यतालाई आत्मसात् गर्दै धार्मिक जागरण फैलाउने, हिन्दूराष्ट्रका पक्षमा जनमत सिर्जना गर्ने, आयातित धर्म, संस्कृति, परम्पराको अतिक्रमणबाट देशलाई जोगाउने, समान विचार भएका शक्तिलाई एकताबद्ध गर्नेलगायत कार्यमा धार्मिक यात्राले सहयोग पुर्याउने नेत्री सरस्वती अधिकारीले बताइन् ।

    नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषले हिन्दूधर्म तथा संस्कृति अहिले कमजोर बन्दै गएकाले यसको महत्वलाई बढाउन यात्रा आयोजना गरिएको जानकारी दिए ।

    “यस धर्ममा पुजिने हरेक देवीदेवताका आआफ्ना गुण र विशेषता छन् । त्यसमध्ये देवका पनि देव मानिने महादेव शिव विशेष हुन्”, उनले भने, “साउनको महिना शिवलिङ्गको पूजा गर्ने अर्थात् सृष्टि, प्रकृतिको पूजा गर्ने र आफूभित्रको संसारलाई चिन्ने महिनाका रुपमा लिने गरिन्छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend