काठमाडौं । नेपाली कांग्रेसले मंगलबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदादाधिकारी र पूर्वपदाधिकारीको बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको हो ।
केन्द्रीय समिति बैठकका लागि समसामयिक, सांगठानिक कार्ययोजना, केन्द्रीय समितिको बैठकअघि कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रस्ताव, पार्टी निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन, नीति अधिवेशनसम्बन्धी खाका प्रस्ताव, विभाग गठन, राष्ट्रव्यापी अभियानको घोषणाबारे, केन्द्रीय कार्यसमितिको अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दल समीक्षा र सरकारको प्रगतिबारे समीक्षा गर्ने एजेण्डा तय गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गराउने प्रस्तावसमेत राखेका थिए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend