logo

२०८३ साउन १३ बुधबार

नेपाल भारत ए सँग पराजित

नेपाल भारत ए सँग पराजित


हाम्रो राष्ट्र
  • सोमबार, १ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’ टिमसँग पराजित भएको छ । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२ दशमलब १ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।

    उसका लागि अभिषेक शर्माले सर्वाधिक ८७, साई सुदर्शनले ५८ रन बनाए । नेपालका लागि कप्तान रोहित पौडेलले १ विकेट लिए । त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३९ दशमलब २ ओभरमा १६७ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६५ रन बनाए ।

    यस्तै गुल्शन झाले ३८, देव खनालले १४,सोमपाल कामीले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ३७ रन जोड्दा ५ विकेट गुमेपछि संकटमा परेको नेपाललाई कप्तान रोहित,गुल्शन र सोमपालले केही समय सम्हालेका थिए । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend