logo

२०८३ साउन १३ बुधबार

विदेशमा भएकालाई देश फर्काउँछौं भन्नेहरु राजनीतिमा आएपछि विदेशिनेको संख्या झनै बढ्योः महासचिव पोखरेल

विदेशमा भएकालाई देश फर्काउँछौं भन्नेहरु राजनीतिमा आएपछि विदेशिनेको संख्या झनै बढ्योः महासचिव पोखरेल


हाम्रो राष्ट्र
  • मंगलबार, २ साउन २०८०
  • 975
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तथ्यहीन रुपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा एमालेलाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार भएको बताएका छन् ।

    मंगलबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले विदेशमा गएकाहरुलाई देश फर्काउँछौं भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिएपनि विदेशिनको संख्या झनै बढेको बताएका हुन् ।

    नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठिक र वेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुने उनको भनाई छ ।

    उनले भनेका छन्, ‘नेकपा एमाले सरकारमा आउँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने तथ्यले देश बनाउन सक्ने पार्टी नेकपा एमाले हो भन्ने जनविश्वासलाई उजागर गर्दछ । तर तथ्यहीन रुपमा पुराना पार्टीका कारणले विदेशिने बढे भनेर नेकपा एमाले लाई समेत जोड्ने प्रयास गर्नु कुप्रचार हो । विदेशमा गएकाहरुलाई देश फर्काउँछौं भन्नेहरुलाई गएको निर्वाचनमा जनताले लोकपृय मत दिए । तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशिनेको संख्या झनै बढ्यो । के यसको जिम्मेवारी नेकपा एमालेले नै लिनुपर्ने हो र ? त्यसैले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठिक र बेठिक छुट्याउने गरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनु जनता र राष्ट्रको हितमा हुनेछ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend