logo

२०८३ साउन १३ बुधबार

मलेसियामा रहेको निगमको जहाजमा अक्सिजन सकिएपछि….

मलेसियामा रहेको निगमको जहाजमा अक्सिजन सकिएपछि….


हाम्रो राष्ट्र
  • मंगलबार, २ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । मलेशियाको क्वालालम्पुरमा नेपाल वायु सेवा निगमको जहाज अक्सिजन अभावमा रोकिएको विषयमा छानबिन गर्न समिति बनाइएको छ । यस विषयमा छानबिन गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले समिति गठन गरेका हुन् ।

    मलेसियाको क्वालालम्पुरबाट काठमाडौं फर्किन लागेको न्यारोबडी जहाजमा चालकदललाई आवश्यक पर्ने अक्सिजन नभएपछि उडान हुन सकेको छैन । उक्त विमानले उडान नभरेपछि १५२ जना यात्रु अलपत्र परेका छन् ।

    जहाजको उडान ढिला भएपछि निगमले यात्रुसँग माफी मागेको छ । काठमाडौंमै एक हप्ता ग्राउन्डेड भएको सो जहाज मर्मतपछि सोमबार साँझ मलेसिया उडाएको थियो । यो जहाज क्लालालम्पुर–भैरहवा–काठमाडौं उडान भनेर मंगलबार बिहान ९ः३५ बजे काठमाडौं अवतरण गर्ने तालिका थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend