logo

२०८३ असोज ७ बुधबार

एक्वाटिक च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने

एक्वाटिक च्याम्पियनसिपमा नेपालका चार खेलाडीले भाग लिने


हाम्रो राष्ट्र
  • मंगलबार, २ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन् ।

    सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गरे । ओलम्पिकको छनोट प्रतियोगिता रहेको उक्त च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।

    नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा सञ्जय शाह छन् ।

    नेपाल पौडी सङ्घका अध्यक्ष बज्राचार्यले यही साउन ७ देखि १३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कंग्रेसमा पनि सहभागिता जनाउनेछन् ।

    च्याम्पियनसिपअन्तर्गत यही साउन ७ गते नासिरले चार सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने साउन ८ गते गौरिकाले सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन् । सोही दिन नासिरले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।

    साउन ९ गते डुवानाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् भने १० गते गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले एक सय  मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । ११ गते डुवानाले एक सय मिटर फ्रिस्टायलमा र १२ गते एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली बुधबार जापान प्रस्थान गर्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend