logo

२०८३ साउन १४ बिहिबार

रास्वपा झुक्किएको होइनः सभापति लामिछाने

रास्वपा झुक्किएको होइनः सभापति लामिछाने


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ को दफा ६४ मा भएको व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।

    मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकको दफा ६४ मा राजनीतिको मूलधारमा आएमा हिंसात्मक गतिविधि माफी हुने र जुनसुकै तहको अदालतमा विचाराधीन भए पनि मुद्दा फिर्ता हुने प्रावधान रहेको उल्लेख गर्दै सभापति लामिछानेले अहिले सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलगायत सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन् ।

    उनले भनेका छन्,‘समाचारहरू त बने रास्वपा झुक्कियो। झुक्कियौँ होला। तर भन्नुस्– नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० मा दफा ६४ घुसाएर कसले कसलाई केका लागि झुक्याउने खेल हुँदै छ ? खोइ यथेष्ट समाचार, खोइ बहस, खोइ विज्ञप्ति, खोइ अन्तरवार्ता?’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend