logo

२०८३ साउन १३ बुधबार

काठमाडौंँ उपत्यकामा ट्राफिक प्रहरीद्वारा ‘यात्रुसँग दुई मिनेट’ अभियान सुरु

काठमाडौंँ उपत्यकामा ट्राफिक प्रहरीद्वारा ‘यात्रुसँग दुई मिनेट’ अभियान सुरु


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1.1K
    SHARES

    File Photo

    काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले बुधबारबाट ‘यात्रुसँग दुई मिनेट’ ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बुधबार सुन्धारास्थित बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्रीसमेत वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

    गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगइ जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाले सचेत गराउन उक्त कार्यक्रम सुरु गरिएको पोरखेलले बताए ।

    सुरक्षित सडक यात्राका लागि चालक र सहचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरिएको उनले बताए ।

    मादक तथा र लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुव्र्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा/नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न प्रहरीले यात्रुलाई अनुरोध गरेको छ ।

    सो क्रममा बस बिसौनीबाट मात्र गाडी चढौंँ, सवारी साधनमा हुने पकेटमारीबाट बचौंँ, सवारी साधनमा हुने दुव्र्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौँं लगायत यात्रुले पैदल हिँड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको थियो ।

    ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । यात्रुको आवतजावत बढी हुने स्थान काठमाडौँका न्यूरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर तथा भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend