logo

२०८३ साउन १३ बुधबार

युरोपेली फुटबल क्लबमा साम्बा, मन्त्री लिम्बूद्वारा विदाइ

युरोपेली फुटबल क्लबमा साम्बा, मन्त्री लिम्बूद्वारा विदाइ


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गरेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गरेका छन् ।

    मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले फुटबल खेलप्रतिको लगन र मेहनतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गरेकी खेलाडी भण्डारीलाई शुभकामनासहित बधाई दिएका हुन् ।

    उनको प्रशंसा व्यक्त गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तर वृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुने अपेक्षा गरेका छन् ।

    लमजुङ सिमपानी निवासी खेलाडी भण्डारीले नेपालको राष्ट्रिय फुटबल टोलीमा संलग्न रही विभिन्न प्रतियोगितामा कौशल प्रदर्शन गरेर राष्ट्रको शान बढाउन पुर्याएको योगदानको मन्त्रालयले उच्च प्रशंसा गरेको छ । युरोपेली क्लबमा आबद्ध हुने पहिलो महिला खेलाडी उनी आगामी अगस्टको पहिलो साता त्यसतर्फ प्रस्थान गर्नेछिन् ।

    यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिकरुपमा रही लिग खेल खेलेकी थिइन् । नेपाली फुटबल खेलको दुनियाँमा उनको छवि फर्वाड खेलाडीका रुपमा चर्चित छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend