logo

२०८३ साउन १३ बुधबार

विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद

विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद


हाम्रो राष्ट्र
  • बुधबार, ३ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।
    विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा सुन बरामद गरिएको जानकारी दिएका छन् । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।
    विमानस्थल जाँचपास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । उनले सुन हङ्कङबाट आएको खुलेको जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले भोलिसम्ममा धेरै कुराहरु खुल्ने उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend