logo

२०८३ साउन १३ बुधबार

जनमत पार्टीद्वारा शिवचन्द्र कुशवाहामाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही

जनमत पार्टीद्वारा शिवचन्द्र कुशवाहामाथि साधारण सदस्यसमेत नरहने गरी कारबाही


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1K
    SHARES

    काठमाडौं । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा पाँच जना नेतालाई कारबाही गरेको छ । पार्टीले बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रुपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादवलाई अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरेको हो ।

    माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ । मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् ।

    कुशवाहा गत वैशाखमा प्रतिनिधिसभा उपनिर्वाचनमा बारा–२ जनमत पार्टीबाट उम्मेदवार थिए । तर पार्टी हित विपरीत काम गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीले कारबाही गरेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend