logo

२०८३ साउन १४ बिहिबार

कांग्रेस केन्द्रीय समिति बैठकमा बालकृष्ण खाँणलाई निलम्बन गर्न माग

कांग्रेस केन्द्रीय समिति बैठकमा बालकृष्ण खाँणलाई निलम्बन गर्न माग


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाँणको निलम्बनको माग गरिएको छ ।

    बिहीबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले खाँणमाथि अन्यया भएको भए किन कांग्रेस सरकारमा बसेको भन्दै प्रश्न गरेका हुन् । उनले यस विषयमा पार्टी दुविधामा बस्न नहुने बताए ।

    उनले भने, ‘कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य पार्टी हो । यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलग अलग आरोपमा अनुसन्धानका लागि थुनामा पठाएको छ । सभापतिज्यू यो प्रकरणमा हाम्रो दुविधा अचम्मको छ । उहाँप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्छ । होइन भने थुनामा पठाउँदा पार्टीले निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

    उनले कुनै पनि भ्रष्टचारलाई कांग्रेसले काँध थाप्न नहुने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend