logo

२०८३ साउन १३ बुधबार

विधानले सभापति हटाउने व्यवस्था गरेको छ, गर्ने हो गरौं, कुरामात्र गरेर अतिरञ्जित नगरौंः पाण्डे

विधानले सभापति हटाउने व्यवस्था गरेको छ, गर्ने हो गरौं, कुरामात्र गरेर अतिरञ्जित नगरौंः पाण्डे


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले कांग्रेसमा सबै एउटै डुंगामा रहेकाले त्यसलाई जोगाउन सबै लाग्नुपर्ने बताएका छन् ।

    बिहीबारको केन्द्रीय समिति बैठकमा पाण्डेले महामन्त्री गगन थापाप्रति लक्षित गर्दै सबै मिलेर डुंगा पार लगाउनुपर्ने बताएका हुन् । महामन्त्री थापाले देउवालाई संसदीय दलको नेताबाट हटाउने बताउँदै आएका छन् ।

    थापालाई लक्षित गर्दै पाण्डेले भने, ‘विधानले सभापति हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले रोक्न सकदैन । गर्ने हो गरौं । गर्ने कुरालाई भनेर मात्र अतिरञ्जित नगरौं । सबै एकै डुंगामा छौं । डुंगा पार लगाउन कठिन छ । शेरबहादुर देउवा डुबेपछि गगन थापा र सुरेन्द्र पाण्डे पनि डुब्छ । त्यसैले सबै मिलेर पार लगाऔँ ।’

    पाण्डेले नयाँ उदय भएका दलहरूलाई क्रस गर्नेगरी अभिव्यक्ति पार्टीका नेताहरूबाट नआएको बताए । उनले पुराना पार्टीले गर्न सकेनन् नयाँ पार्टीले काम गर्छन् भन्ने भाष्य निर्माण भइरहँदा कांग्रेसले त्यसलाई क्रस गर्न नसकेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend